राष्ट्रिय सभामा सभामुखको राजीनामा मागियो

असोज ५, काठमाण्डौ
सभामुख अग्नि प्रसाद सापकोटाको राजीनामा माग गरिएकोे छ ।
पार्टीले कारवाही गरेका माधव कुमार नेपाल सहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले
सूचना टाँस नगरी कारवाही नगरे पछि प्रमुख प्रतिपक्ष एमालेले सभामुखको राजीनामा माग गरेको हो ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा दिएर बैठकलाई अघि बढाउनुपर्ने माग राखेका हुन् । साथै सभामुख जस्तो गरिमामय पदमा वसेको सापकोटाले कुर्सीको गरिमा जोगाउनुपर्ने र तत्काल उहाँले एउटा निकास दिनुपर्ने भनेर श्रेष्ठले भनेका हुन् ।
गैर सांसदलाई सदनमा सभामुखले बस्न अनुमति दिएकोमा सांसद श्रेष्ठले विरोध जनाएका छन् । कारवाही गरेको सूचना टाँस नगर्नु संविधान रक्षाविपरीत रहेको पनि उनको भनाइ छ ।
यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गौरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारवाही गर्न सिफारिएस गरिएको पत्र पाएलगत्तै कारवाही गर्ने सभामुखले एमालेका सांसदहरु कारवाहीमा परेको सूचना नटाँसेकोमा विभेद गरिएको श्रेष्ठले बताए ।
साथै, सभामुख सापकोटाले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नदिने उनले जनाए । एमाले सांसदको विरोधसँगै अर्को बैठक बिहीबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.