देउवा पक्षले आफूखुसी मन्त्री बनाउन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठक बस्दै

असोज ६, काठमाण्डौ
देउवा पक्षले आफूखुसी मन्त्री बनाउन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा बस्ने भएको छ । बुधबार दिउँसो महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्ने भएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै रुष्ट बनेको पौडेल पक्षले पार्टीमा सल्लाह नगरी मन्त्री चयन गरेको भन्दै बैठक बस्न लागेको छ ।
यसअघि पनि प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउदा पार्टीमा छलफल नभएको भन्दै पौडेल पक्ष विरोध जनाउँदै आएको छ ।
बुधबार आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेपछि पौडेल पक्ष अव अगाडी कस्तो कदम चाल्ने भन्नेबारेमा बैठक जुट्न लागेको हो ।
परराष्ट्रमन्त्रीमा सुजाता कोइराला र मिनेन्द्र रिजाललाई नियुक्त गर्नुपर्ने पौडेल पक्षको माग थियो । तर, बुधबार अचानक डा.खड्कालाई प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै बैठक तत्कालै बस्न लागेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.