कार्यभार सम्हाले लगत्तै कांग्रेस सांसद डा.नारायण खड्का न्यूयोर्क जाने भएका छन्

असोज ६, काठमाण्डौ
पराष्ट्रमन्त्रीको शपथ ग्रहण गर्नासाथ कार्यभार सम्हाले लगत्तै कांग्रेस सांसद डा.नारायण खड्का न्यूयोर्क जाने भएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले खड्कालाई मन्त्री बनाउने निर्णय गरेको हो । खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै दिउसो सम्म पद तथा गोपनीयताको शपथ गराउने छिन् । त्यसपछि खड्काले कार्यभार सम्हाल्ने छन् ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने निर्णय गरेको थियो ।
त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।
उक्त महासभामा भाग लिन खड्का न्यूयोर्क जाने भएका हुन् । मन्त्री खड्का ले कार्यभार सम्हाले संगै खड्का नेतृत्वको नेपाली प्रतिनिधि मण्डल न्यूयोर्क प्रस्थान हुने बताइएको छ । महासभालाई नेपालको तर्फबाट खड्काले नै सम्बोधन गर्नेछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.