बाबुराम कुवँर र धनमाया दिसुवा मगरको सालैजो गीतको छायाँकन सम्पन्न

निराजन पौडेल
असोज ६, पाल्पा
बाबुराम कुवँर र धनमाया धिसुवा मगरको सालैजो गीतको सुटिङ्ग सम्पन्न भएको छ । सोमवार सालैजो गीतको छायाँकन पाल्पा माथागढीको अघनीमा भएको हो ।

गीतको भिडियोमा कमल गाहा र विपना थापा मगरको वेजोड प्रस्तुती रहेको छ । गितको छायाँकन आशिका प्रोडोक्सन पाल्पाले गरेको हो । भिडियोको सम्पादन सुमन कार्कीले गर्नेछन् । गितमा निर्देशन कमल गाहाको रहेको छ भने भिडियोमा साइनीङ डान्स स्टार सराई पाल्पाको ग्रुपले सघाएको छ । भिडियोलाई हाइलाईट नेपाल युटुबच्यानल मार्फत छिट्टै नै डिजीटल बजारमा ल्याउने गितका निर्देशक कमल गाहाले इ–कुटुम्बलाई जानकारी दिनुभयो । सालैजो विशेष गरि मगर समुदायमा प्रचलित छ भने मगर समुदायले मात्र नभई सबै नेपालीहरुले मन पराउने गर्दछन् ।

सालैजो गितमा विशेष गरि गुल्मी जिल्लाका रमणीय स्थानहरुको वर्णनगरि शब्दरचना गरिएको छ । गीतको लय तथा शब्द सर्जक हुम गैरेले गरेका छन् भने गितको एरेन्ज रामचन्द्र चन्दले गरेका हुन् ।
गायक कुवरले यस भन्दा गघि आफ्ना दर्जनौ गितका भिडियोहरु बजारमा ल्याइसकेका छन् । बाबुराम कुवँरले विशेषगरि सानैदेखी गितसंगित क्षेत्रमा रुचीराख्दै आएका कारण दर्जनौ गितहरुमा श्वरदिइ सकेको ई-कुटुम्बलाई बताए । गायक गुल्मीमा जन्मी आफ्नो कर्म थलो बुटवललाई गराउदै आएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.