एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो, बेदुराम भुसाल महासचिव

७ असोज, काठमाडौं
नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।
उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद शाह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् ।
उप–महासचिवमा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्र प्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका हुन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.