नेकपा (एस) मा पदाधिकारी चयनमा विवाद : हेरफेर गरियो जिम्मेवारी

असोज ७, काठमाडौं
नेकपा एकीकृत समाजवादीले पदाधिकारी हेरफेर गरेको छ । पार्टीमा पदाधिकारी चयन गर्दा विवाद चुलिएपछि पुनः पदाधिकारी हेरफेर गरिएको हो ।
पदाधिकारी हेरफेर गरिएसँगै उपाध्यक्षको संख्या ६ जना र एक जना सचिव थप गरिएको छ ।
यसअघि चयन गरिएको केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव रहेका थिए ।
पार्टी पंक्तिमा विवाद चुलिएपछि सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठ उपाध्यक्ष र घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै, सचिवमा राजेन्द्र राई थपिएका छन् ।
अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् । पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने रहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.