राष्ट्रिय सभाबाट पारित भयाे विनियोजन विधेयक

असोज ६, काठमाण्डौ
राष्ट्रिय सभाको बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गरेको छ ।
बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालय सम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
बैठकमा सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुखले नेकपा एमालेले कारबाही गरेका सांसद माथि कारबाही नभए सम्म सभाको काम–कारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.