पाल्पामा शनिबार विद्युत कटौती हुने

असोज ९, पाल्पा
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले एक सूचना जारी गर्दै पाल्पा वितरण केन्द्र अन्तरगत बुटवल–गल्याङ्ग, नयाँपाटी–तानसेन र बुटवल–पाल्पाको साझा खण्ड ३३ केभी लाइन अवरुद्ध हुने जनाएको छ ।
शनिवार विहानै देखि उक्त लाइनको वरपर रहेका रुखका हाँगाविगा तथा झाडी कटानका लागि बिहान ७ बजे देखि दिउसो १ बजेसम्म विद्युत आपूर्ती बन्द गरेर काम गरिने पाल्पा वितरण केन्द्रले जनाएको हो ।
लामो समय देखि पानी परेको र रुखका हाँगाविगा बढेर तारमा छोइदा बेला बेला विद्युत सेवा अवरुद्ध हुँदै आएकोले सो समस्या समाधानका लागि पाल्पा वितरण केन्द्रले शनिबारको दिन रुखका हाँगाविगा तथा झाडी कटानको काम गर्न लागेको जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.