नेकपा एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने–रामकुमारी झाँक्री

असोज ९, काठमाडौं
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताएकी छिन्।
सर्वोच्चमा राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज हुने झाँक्रीको भनाइ छ ।
झाँक्रीले शनिबार विराटनगरमा भएको पत्रकार संमेलनमा वोल्दै हिजो देखि मुद्दा किनारा लागेको र अदालतले रिटको पक्षमा अन्तरिम आदेश जारी नगरेको हुनाले अव मु्द्दा लामो प्रक्रियामा गएको कारण अव नेकपा (एस)लाई सरकारमा जाने बाटो खुलेको वताइन् ।
अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र छिट्टै सरकारमा सहभागी हुने सचिव झाँक्रीले बताइन् । पत्रकारहरुको सरकारमा कहिले सहभागी हुने भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिइनन् ।
सचिव झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने जानकारी समेत गराईन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.