रिब्दीकोटका किसानलाई मौरीपालनकोलागी आवश्यक सामाग्री वितरण

निराजन पौडेल
असोज ९ , रिब्दीकोट,पाल्पा
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा न ६ मा लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत शनिवार ६० जना मौरीपालक कृषकलाई आवश्यक साम्रगी वितरण गरिएको छ । झोला , मह काड्दा प्रयोग गरिने टोपी , पञ्जा, ब्रस, महदानी, रानी बस्ने क्विन बक्स, क्विन गेट आदि वितरण गरिएको रिब्दीकोट गाँउपालिकाले जनाएको छ । रिब्दीकोट गाँउपालिकाका अध्यक्ष नारायण वहादुर जि.सी र उपाध्यक्ष लक्ष्मी खनालले संयुक्त रुपमा कृषकहरुलाई सामग्री वितरण गर्नु भएको हो ।
मौरी पालकहरुलाई रिब्दीकोट गाँउपालिकाका कृषक केशव नेपालले मौरी पाल्दाका चुनौती, यसका फाईदा, पाल्ने तरिका, मौरीका प्रकार, क्विन गेटको प्रयोग तथा सम्पूर्ण सामग्रीहरु के कसरी प्रयोग गर्न सकिन्छ भन्ने वारेमा पत्यक्ष प्रयोग समेत गरेर देखाउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नारायण वहादुर जि.सीले आफ्नो गाउपालिकालाई चाडैनै मौरी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने र कृषकहरुको लागी विभिन्न किसीमका आयआर्जनका कार्यक्रमहरु समेत ल्याउने वताउनु भयो । मौरी प्रशोधन केन्द्रको स्थापना गरी कृषकहरुलाई मौरी पालनमै आत्मनिर्भर गराउने पालिकाको योजना रहेको जि.सीले जानकारी दिनु भएको हो ।
कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले मौरी पालनको लागी पुरुषहरुले मात्र नभई महिलाहरुले पनि सहजै पाल्न सक्ने हुनाले यस तर्फ लाग्न सम्पूर्ण महिलाहरुलाई समेत आग्रह गर्नु भएको थियो ।
पालिका भित्रका कुनै पनि कृषहरुलाई आवश्यक पर्ने विउ,विजन र प्राविधिक सहयोग उपलब्ध गराउने गाउँपालिका कृषि शाखा अधिकृत रञ्जीत कुँवरले वताउनु भएको थियो ।
गाँउपालिकाले कृषकहरुलाई निशुल्क रुपमा सामग्री वितरण तथा प्राविधिक ज्ञान समेत दिएकोमा कृषकहरु खुसी हुदै पालिकालाई धन्यवाद समेत दिएका थिए ।
वडा नंं ६ का वडा अध्यक्ष तुल वहादुर जि.सीको अध्यक्षतामा चलेको कार्यक्रमको संचालन शिव जि.सीले गर्नु भएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.