भागवण्डामै रुमलियो गठबन्धन

असोज १०, काठमाडौँ – सत्ता गठबन्धन मन्त्रीको भागवण्डामै रुमलिएको छ । सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन ।

यसैबीच आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार र सरकारलाई काम गर्न सहज बनाउनेबारे शीर्ष नेताहरुलाई जिम्मा दिने निर्णय गरेको बताइएको छ ।

जानकारहरुका अनुसार गठबन्धनकै दलहरुबीच कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार ढिलो भएको हो ।

हालसम्म सरकारले कसलाई के बनाउनेबारे चिन्ता लिए पनि जनताका निम्ति कुनै ठोस कार्य गर्नेबारे सोच्न नसकेको विश्लेषकहरु बताउँछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.