न्यु होराइजन इन्ट्राक क्लबद्वारा निल सागर बृद्धाश्रममा स्वास्थ सामाग्री बितरण

पाल्पा, असोज १०,
सहयोग नै ठूलो मानवता हो भन्ने उदेश्यका साथ तानसेनमा रहेको न्यु होराइजन इन्ट्राक क्लबले निल सागर बृद्धाश्रममा आज स्वास्थ सामाग्री सहयोग गरेको छ ।
निलसागर बृद्ध आश्रम मा रहेका ३० जना बृद्ध बृद्धाहरुलाई क्लबले आश्रम मै गएर स्वास्थ सामाग्री संगै केही राहत सामाग्री बाँडेको क्लबका सल्लाहकार सिम्रन बन्जाडले बताउनुभयो ।
उपस्थितहरुलाइ सेनिटाइजर, माक्स, सङ्गै खानेकुरा बितरण गरिएको हो । साना साना विद्यार्थी आफ्नो आश्रम मै आएर सामग्री दिएकोमा बृद्ध बृद्धाहरु खुशि हुँदै आशिर्वाद दिनुभएको थियो । बितरण समारोह क्लबका अध्यक्ष रितिका खनालको अध्यक्षता र क्लबका सचिव रिया बश्यालको सञ्चालनमा भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.