रिब्दीकोट गाउपालिकामा आज – स्मार्टटोलको विषयमा प्रशिक्षण

निराजन पौडेल
असोज ११,रिब्दीकोट,पाल्पा
पाल्पाको रिब्दीकोट गाउँपालिकामा सञ्चालित स्मार्ट टोल कार्यक्रम सोमबार भैरवस्थान वडा न ४ इस्माटोल मा सम्पन्न भएको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूका नागरिकहरूलाई इन्टरनेटको माध्यमबाट सेवाको पहुँचमा ल्याउनका लागि स्मार्टटोल कार्यक्रम सञ्चालन गरेको हो । सुचना प्रविधिसँग कसरी नजिकहुने,यसको कसरी प्रयोग गर्ने,विद्युत् खानेपानीको महसुल बुझाउनका लागि कार्यालयमा नगई घरमै बसी-बसी कसरी तिर्ने,सरकारी सघंसस्थाका सुचनाहरु बारम्बार अध्ययन गर्ने भन्ने बारेमा नागरिकलाई प्रशिक्षण दिइएको पालिकाका अध्यक्ष्य नारायण बहादुर जि.सी ले बताउनु भयो । वडा नंं ४ का इस्मा टोलविकास समितिका अध्यक्ष दिपेशराज भण्डारी को अध्यक्षतामा चलेको कार्यक्रमको संचालन शिव जि.सी ले गर्नुभएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.