पाल्पाको रिब्दीकोटमा आज – स्मार्टटोल अभिमुखीकरण तालिम सम्पन्न

निराजन पौडेल
असोज १२, रिब्दीकोट,पाल्पा
पाल्पाको रिब्दीकोट गाउँपालिकामा सञ्चालित स्मार्ट टोल कार्यक्रम अन्र्तगत सहजकर्ता अभिमुखीकरण तालिम मंगलबार गाउँपालिकामा सम्पन्न भएको छ ।
गाउँपालिकाले पालिकाका ८ वटै वडाका सहजकर्ताहरुलाई अभिमुखीकरण तालिम संचालन गरेको हो । आफ्ना वडाहरुलाई कसरी स्मार्टटोल वनाउन सकिन्छ, त्यसकालागी के कसरी अगाडी बढ्ने, प्रविधिको प्रयोग गरी कसरी भरपुर फाइदा लिने भन्नेवारे तालिम दिएको वडा नं.३ रानीकुवाकी सहजकर्ता सुष्मा खनालले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सीको अध्यक्षतामा चलेको कार्यक्रमको संचालन शिव जि.सी ले गर्नुभएको थियो ।
कुनैपनि कार्यलाई डिजिटल प्रविधिवाट सेवाको पहुँचमा ल्याउनका लागि स्मार्टटोलको आबश्यकता तथा महत्व सम्वन्धी सहजकर्ताहरुलाई तालिम दिइ समिक्षा समेत गरिएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.