प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विच भेटवार्ता

१३ असोज, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड बुधवार प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।

माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेको र सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्ने माओवादी केन्द्र, स्थायी कमिटीको उच्चश्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई विस्तार गर्न सकेका छैनन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.