नेपाली कांग्रेसको १४औं नगर तथा गाँउ अधिवेसनवाट १ मात्र महिला नेतृत्वमा

असोज १३, पाल्पा ई–कुटुम्ब
नेपाली कांग्रेसको १४औं नगर अधिवेसनवाट तानसेन नगरसभापतिमा सुवर्ण शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनबाट शाक्य निर्विरोध भएको निर्वाचन अधिकृत कुस्माखर पोखरेलले जानकारी दिए।

त्यस्तै पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराईले प्रतिस्पर्धी अजुर्न रेग्मीलाई पछि पार्दे विजयी भएका हुन् । कुल २ सय ८ मत खसेकोमा १ सय २५ भट्टराईको पक्षमा र ८२ मत रेग्मीको पक्षमा खसेको थियो ।
नेपाली कांग्रेसको पूर्वखोला गाउँपालिकाको अधिवेशनले विष्णुकुमारी आचार्यलाई गाउँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । जिल्लाको पालिकास्तरको नेतृत्वमा उनी एक मात्र महिला सभापति भएकी हुन् ।
सर्वसम्मतमा नेपाली कांग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँड , रम्भा गाँउपालिकामा ऋषिराम अर्याल, माथागढीगाउपालिकामा दिपक थापा, तिनाउँ गाँउपालिकामा प्रेम पाण्डे, वगनाशकाली गाँउपालिकामा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल निर्विरोध भएका हुन् ।
त्यस्तै रिब्दीकोट गाउँपालिकामा रामचन्द्र पाण्डे र इन्द्र पाण्डे विच मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित भएका छन् । उनी ९७ मत सहित विजयी भएका हुन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका दशवटै स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.