माथागढीमा आजः १ दिने अभिमुखीकरण तालिम सम्पन्न

निराजन पौडेल
असोज १३ पाल्पा
माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीमा २०७८/०७९ मा सञ्चालन हुन लागेका योजना सम्बन्धमा उपभोक्ता समिति पदाधिकारीहरूलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
माथागढी गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सन्तोष थापाले उपभोक्ता समितिले राम्रोसँग काम गर्नुपर्ने , सबै मिलेर काम गरे सफल हुने, योजनाले औचित्य प्राप्त साथै सामग्री खरिद ऐन २०७५ अनुसार खरिद गर्नु पर्ने र १ करोड सम्मको योजना उपभोक्ता समिति आफैले गर्न पाउने जस्ता नीतिगत कुराहरू वताउनु भयो ।
कार्यक्रमका अध्यक्ष दिपक थापाले आफ्नो वडामा यस बर्ष सञ्चालन हुने २२ वटा योजना रहेको वताउदै योजनाको पदाधिकारी सहितको उपस्थितिमा सञ्चालन हुन लागेको तालिमले योजना कार्यान्वयनमा सहयोग पुग्ने र योजना सञ्चालनका क्रममा समस्या देखिएमा पूर्णरुपमा आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि एबम् गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले सबै उपभोक्ता समितिहरुलाई राम्रोसँग कार्य सम्पन्न गर्ने हौसला प्रदान गर्दै योजनामा देखिएका समस्या समाधान गर्न जनप्रतिनिधिलाई समस्या राख्नु पर्ने र जनप्रतिनिधि र कर्मचारीले उपभोक्तालाई पूर्णरूपमा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा योजना सम्बन्धि प्रशिक्षण धमेन्द्र कुमार यादव र ई.सन्देश कार्कीले योजना सम्बन्धि जानकारी दिदै योजनाका काम के कसरी गर्ने सम्बन्धि जानकारी गराउनु भएको थियो ।
लेखापाल प्रवेश धितालले लेखा सम्बन्धि जानकारी गराउदै योजना सम्पन्न पछि काटिने कर, लाग्ने लागत अनुसारको स्टीमेट अनुसार काम सञ्चालन गर्नुपर्ने , काम सम्पन्न पछि उपभोक्ताले जुटाएको कागजात अनुसार बजेट दिईने सम्बन्धी जानकारी गराउनु भएको थियोे ।
तालिम पश्चात सहभागीको तर्फबाट कुलबहादुर घर्ती मगरले कार्यक्रम उपलब्धि मूलक रहेको साथै गाउँपालिकामा गएर गत बर्ष डकुमेन्ट मिलाउन नसक्दा फर्कनु परेको सुनाउदै यो वर्ष भने सबै कागजात मिलाएर जाने र काम सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
वडा अध्यक्ष दिपक थापाको अध्यक्षतामा, लेखा अधिकृत सन्तोष दाहालको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रमको सञ्चालन सहायक महिला निरिक्षक पुनम चिदीले गर्नु भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.