काठमाडौंको वानेश्वर क्याम्पस नजिक शव भेटियो

असोज १४ काठमाण्डौ
काठमाडौंको वानेश्वर क्याम्पस नजिकै विहिवार बिहान एक जनाको शव भेटिएको छ ।
क्याम्पस अगाडिको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।
डी.एस.पी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने र शवको सनाखत समेत अहिले सम्म हुननसकेको प्रहरिले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.