पाल्पा विपश्यना ध्यान केन्द्रको आयेजनामा विपश्यना साधना कार्यक्रम सम्पन्न

निराजन पौडेल
असोज १४ पाल्पा
धम्म सीस पाल्पा विपश्यना ध्यान केन्द्रको आयेजनामा विपश्यना साधना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तानसेन नगरलालिका ८ दमकडाको शिखरडाँडामा १० दिन सम्म चलेको थियो ।
कार्यक्रममा १० दिन सम्म सहभागी सवैले विपश्यना साधनामा अपनाउनु पर्ने पद्धति तथा साधनाका नियमको पालना सहित सम्पन्न गरेका हुन् । विपश्यनामा साधनामा दुःखबाट मुक्तिकालागि दुःख निवारणका मार्गको रूपमा बुद्धद्वारा व्याख्या गरिएको आर्य अष्टांगिक(एक छाक खाएर) मार्गको व्यावहारिक प्रयोग सिकाइन्छ । यसअन्तर्गत पहिलो चरणमा शीलापालन गराइन्छ, जसबाट साधकको साधना सरल हुन जान्छ ।


दोस्रो चरणमा समाधि अर्थात् मनलाई एकाग्र गर्न सहज एवं स्वाभाविक श्वास–प्रश्वासमा मात्र मनलाई केन्द्रित गराइन्छ । यस साधना विधिलाई आनापान विधि भनिन्छ । तेस्रो चरणमा एकाग्र मनको माध्यमबाट आफ्नो सम्पूर्ण शरीर एवं अन्तर्मनको गहिराइमा साक्षी भावद्वारा निरीक्षण गरिन्छ र यसैलाई विपश्यना साधना पद्धति भनिन्छ ।
यस विधिमा कुनै कल्पना, आकृति, मन्त्र, ध्वनि वा यस्तै मानिसद्वारा सिर्जित कृत्रिम साधन या माध्यमलाई स्थान दिइँदैन् । प्रकृति वा निसर्गको नियमलाई मनको गहिराइमा अध्ययन एवं मनन गर्नु नै यस विधिको उद्देश्य रहेको सहभागी बसन्त बज्राचार्यले वताउनु भयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.