रिब्दीकोट गाउँपालिकामा आजः स्वास्थ्य कर्मीहरुको लागी वृहत पोषण संबन्धी ७ दिने तालिमको सुरुवात

निराजन पौडेल
असोज १४, पाल्पा
रिब्दीकोट गाउँपालिकाले विहिवार स्वास्थ्य कर्मीहरुको लागी वृहत पोषण संबन्धी ७ दिने तालिमको सुरुवात गरेको छ ।
पालिकास्तरीय तालिममा ४८ जना स्वास्थ्य कर्मीको सहभागीता रहेको थियो । गाउपालिकाको सवै वडाहरुमा वृहत पोषणको सुचांक तथा यसको प्रगती अझैराम्रो वनाउनको लागी तालिम संचालन गरिएको हो ।
तालिममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले पोषणको महत्व, वालवालीकालाई सानै देखि आवश्यक पर्ने सम्पूर्ण पोषणयुक्त खाना खुवाउनु पर्नेे जानकारी गराउदै आफ्नै गाउँठाउमा उत्पादन हुने पोषणयुक्त बालीको महत्व दर्शाउदै सहभागी सवैमा यो तालिमलाई महत्वपूर्णका साथ लिनुहुन अनसुरोध गर्नु भएको हो । शिक्षा अधिकृत मणि प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिव जि.सीले गर्नुभएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.