जोगीको भेषमा सुनको सिक्री चोरी फरार २ जना पक्राउ

असोज १४ पाल्पा
जोगीको भेषमा सुनको सिक्री चोरेर भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीपाल्पाको रामपुर नगरपालिका वडा नं. ४, देवीस्थान भन्ने स्थानका स्थानीय ५० वर्र्षीया पुर्ना फालको घरमा जोगीको भेषमा घुम्दै आएका भारतीय २ जनाले सुनको सिक्री चोरी गरेर फरार रहेकोमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश श्रावस्ती पोष्ट चमरपुवा बस्ने वर्ष ३६ का रामनरेश हरिजन र सोही स्थानका ४३ वर्षका लड्डन हरिजन रहेका छन् । उनीहरु बुधबार दिउँशो १२ः३० बजेतिर फालको घरमा जोगीको भेषमा आएका थिए । सोहीक्रममा फालले नुहाउने क्रममा घरको च्यानल गेटमा राखेको सुनको सिक्री चोरी भारतीयहरु फरार भएका हुन् ।
सुनको सिक्री चोरी भएको ईलाका प्रहरि कार्यालय रामपुरमा जानकारी आउना साथ इलाका प्रहरी कार्यालय रामपुरको टोलीले उनीहरुलाई खोजी गर्ने क्रममा रामपुर ४, देवीस्थान भन्ने स्थानमा बेलुकी करिव ४ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
पक्राउ परेका दुबैजनालाई पाल्पा जिल्ला अदालतवाट ७ दिनको म्यादथप आदेश लिइ आवश्यक अनुसन्धान कार्य भईरहेको प्र.ना.उ.रामेश्वर त्वातीले इ–कुटुम्बलाई जानकारी दिनु भयो ।
चाडपर्व नजिकीदै गर्दा चोरीको घटनाहरु वढिहुन सक्ने हुनाले कुनै पनि अपरिचित व्यक्तीहरु घरवर पर देखा परेमा विशेष सचेत रहन र घर खुल्ला राखी वाहिर ननिस्कन समेत जिल्ला प्रहरि कार्यालय पाल्पाले सम्पूर्णमा विशेष अनुरोध गरेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.