माथागढीमा गाउपालिकामा आज – योजना उपभोक्ता समिति लाई अभिमुखीकरण

निराजन पौडेल
असोज १५ ,पाल्पा
पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर २ रुप्सेमा २०७८र०७९ मा सञ्चालन हुन लागेका योजना सम्बन्धमा उपभोक्ता समिति पदाधिकारीहरूलाई योजना सञ्चालन तथा कार्यान्वय सम्बन्धी अभिमुखीकरण कार्यक्रममा शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सन्तोष थापाले उपभोक्ता समितिले राम्रोसँग काम गर्नुपर्ने सबै मिलेर काम गरे सफल हुने र योजना समयमै सम्झौता गरेर नागरिक लाई बढि भन्दा बढि सहभागि गराएर स्थानीयबासीलाई पारदर्शी सेवा दिने बताउनु भयो । साथै योजना सञ्चालनका क्रममा समस्या देखिएमा पूर्णरुपमा आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।

कार्यक्रमका विशिष्ट अतिथि एबम् गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले सबै उपभोक्ता समितिहरुलाई छिटो छरितो र सहज तरिकाले काम सम्पन्न गरेको खण्ड मा काम दिगो र सबैको विश्वासीलो बन्न सकिने बताउनु भयो ।

कार्यक्रममा योजना सम्बन्धि प्रशिक्षण ई.धमेन्द्र कुमार यादव र ई.सन्देश कार्कीले योजना सम्बन्धि जानकारी दिदै योजनाका काम के कसरी गर्दा र्फाइदा हुन्छ भन्ने बारे जानकारी दिनु भएको थियो ।

वडा अध्यक्ष जनक रिजेल को अध्यक्षतामा, लेखा अधिकृत सन्तोष दाहालको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रमको सञ्चालन सहायक महिला निरिक्षक पुनम चिदीले गर्नु भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.