रागरागिनी इन्टरटेन्टमेन्ट प्रा.लि. को अध्यक्षमा पार्बती श्रेष्ठ

निराजन पौडेल
असोज १७, काठमाडाैँ
राग रागिनी इन्टरटेन्टमेन्ट प्रा.लि को चौथो साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा पार्बती श्रेष्ठ लाई चयन गरेको हो ।

नेपाली साहित्य,संङीत तथा मनोरञ्जनको क्षेत्रमा क्रियाशिल रागरागिनीले विभिन्न रास्ट्रिय कार्यक्रमहरु सफलतापुर्बक आयोजना गरिसकेको छ ।

सभाको वैठकले बाल गायक अधिश्री कसपालको पहिलो गीत छोरी अन्माउदाको लोकार्पण, सुशील चालिसेको मुक्तक संग्रह, गुराँसहरु पलासहरुको प्रकाशन तथा लोकार्पण, मिना न्यौपाने गजुरेल को कबिता संग्रह यादहरुको प्रकाशन तथा लोकार्पण, लोकप्रिय स्वर्गीय गायक अरुण थापा को स्मृतिमा आयोजना हुने बार्षिक श्रद्धाञ्जली कार्यक्रमको निरन्र्तता, गायक दिपक बज्राचार्यको मनमगन नेपाल यात्रा को पहिलो देशब्यापी कार्यक्रम, भक्तपुरको समायोजन र ब्यवस्थापन Fashion Show @ Musical Night-2075 को सफलता पुर्बक आयोजना गर्ने गरेको छ ।

गायक कपिल कसपालको भक्तपुर बिशेष गीत लगायत केही भजनको निर्माण,लोकार्पण तथा ब्यवस्थापन Kwiks Little Champ International 2020 को आयोजना, लोकप्रिय चर्चित रचनाकार राजेन्द्र रिजाल लगायत थुप्रै श्रस्टाहरुलाई संमान तथा विभिन्न संङीतकर्र्मी लाई सहयोग, राष्ट्रीयस्तरको कार्यक्रममा सहभागिता तथा सकृय योगदान संङीतका कक्षाहरु संचालन, राष्ट्रिय गायक गायिकाहरु सङ समसामयिक बिषयमा बहस तथा अन्तरक्रिया हुनुका साथै अब अझै सशक्त रूपमा नेपालि मनोरञ्जन तथा संङीतको क्षेत्रमा क्रियाशिल हुने प्रतिबद्धता अध्यक्ष पार्बती श्रेष्ठले बताउनु भयो ।
Entertainment Private Limited को (सिइओ) मा गायक तथा पुर्बअध्यक्ष कपिल कसपाल नियुक्त हुनुभएको छ । गायक कपिल कसपाल संङीत सङै संचार निकै नै क्रियाशिल व्यक्तिव्व हुनुहुन्छ ।
अब रागरागिनीलाई अझै ब्यवसायिक तथा सामाजिक क्षेत्रमा बलियो रूपमा प्रस्तुत गर्ने र नेपाली संङीत,मनोरंजन,साहित्यको क्षेत्रमा सबै सङ सहकार्य गरेर अगाडि बड्ने योजना रहेको (सिइओ) कपिल कसपालले बताउनु भयो । राग रागिनी Entertainment Private Limited को आगामी योजना अनुसार चर्चित कपिल कसपाल र देविका बन्दनाको श्वरमा रहेको गितको भिडियो छायांकन गर्ने रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.