रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडिओ एक्सरे सेवा सुरु

असोज २१, रोल्पा

रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलो पटक भिडिओ एक्सरे सेवा सुरु भएको छ । गाउँपालिकाबाट करिब १२ लाख रुपैयाँ सहयोग भएपछि सेवा सुरु गरिएको हो ।

नेर्पा स्वास्थ्य चौकीमा भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीहरुलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ ।
अन्यत्र ५ सय रुपैयाँ भन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सय रुपैयाँमै प्रदान गरिरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.