सहकारीको सुरुवातको हौसला कायम राख्न सके समाज परिवर्तन हुन्छ : प्रदेश सभा सदस्य आचार्य

पाल्पा,असोज २१
लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले सहकारी खोल्दा हुने हौसला निरन्तर रहे सहकारीले समाज परिवर्तन गर्न सकिले बताउनुभएको छ । उहाँले सुरुमा संस्था दर्ता गर्दा आश्वासन बाड्ने तर पछि सेलाउदै जाने प्रबृतिले सहकारी मात्रै नभएर कुनै पनि संस्था दिर्घकालीन नहुने बताउनुभयो । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रधान कार्यालय तानसेनको बिशालबजारमा उद्धघाटन गर्दै आचार्यले सहकारीलाइ सरकारले समेत बिश्वास गरेर बिभिन्न कार्यक्रमहरुमा समाबेश गरेको धारणा राख्नुभयो ।

सहकारीले पाल्पा,गुल्मी र रुपन्देहीलाई कार्यक्षेत्र बनाएको छ । शाखा कार्यालय बुटवलमा शुरु गरेको २ महिना पछी पाल्पामा सेवा प्रारम्भ गरिएको हो । सहकारीले गाउँ र सहरलाई जोडि उत्पादित बस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने योजना बनाएको छ । सहकारीमा अहिलेसम्म ६ सय जना सदस्य आबद्द छन । सहकारीले आकर्षक ब्याजदरमा कर्जा तथा निक्षेपका योजनाहरु समेत ल्याएको छ ।

सहकारी स्थापनाको बारेमा बोल्दै कार्यक्रम प्रमुख रामप्रसाद ढकालले युवाहरुको सक्रिय सहभागीतामा आधारित कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । कार्यक्रम सहकारीका अध्यक्ष सुरेश ढकालको अध्यक्षतामा सञ्चालन भएको थियो । आगामी मंसिर सम्म कुशुमको शाखा गुल्मीमा समेत सञ्चालन हुने बताइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.