दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा

असोज २३, काठमाडौं
आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा चन्द्रघण्टादेवीको पूजा धुमधाम सँग भैइरहेको छ । गत वर्ष सुनसान भएको देवी दुर्गाका शक्तिपीठहरुमा अहिले भने दर्शनार्थीहरूको भीड छ ।

चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री र हिजो दोस्रो दिन ब्रहृमचारिणी देवीको पूजा गरिएको छ ।

चौथो दिन भोलि कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.