आउट अफ एजेण्डामा पत्रकार संग तानसेनका मेयर

नारायण न्यौपाने /पाल्पा,असोज २५

सधै ब्यानर र बिसयमा भेटघाट गर्ने तानसेन नगरपालिकाले आउट अफ एजेन्डामा पाल्पाका क्रियाशिल पत्रकारहरु संग भेटघाट गरेको छ । एक अर्कालाइ करेक्सन हुन सजिलो होस भनेर अनौपचारिक छलफल गर्न खोजियको नगरपालिका प्रमुख अशोक कुमार शाहिले बताउनुभयो । चाडपर्वको सुभकामना ब्याक्त गर्दै पत्रकार र नगरपालिकाका केहि कर्मचारिका बिच बोल्न सुरु गर्नु भएका नगर प्रमुख शाहिले पर्वले एक आपसमा भाइचारा कायम गर्ने बताउनु भयो । नगर प्रमुख शाहिले नगरपालिकाले गरेका काम तथा योजना र रहरका बिषयमा बोल्नुभयो ।

अनौपचारिक अन्तरक्रियामा नगर प्रमुख शाहिले जनताको मत पायर आयकाहरुले पुरातन बादि कार्य शैलिलाइ तोड्न पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तानसेन नगरपालिकाले गर्ने कामको सबै निर्णय सहमतिमा भयको छ यो अन्य पालिकाले सिक्नुपर्छ । अल्ममतले उठाएको कुरा पनि हामि सर्ब सहमतिमा गरेका छौँ । हरेक ब्याबस्थाको निरन्तरताका लागि जनता संग नजिक हुनुपर्छ । हामि अहिले जनताको घर घर मा पुगिरहेका छौ । यसको उपलब्धिको बारेमा समेत हामि अध्ययन गर्दछौ । मासुमा आत्म निर्भर नगरपालिका बनाउने योजनामा छौँ । १५०० बाख्रा बाँडिएको छ । पाल्पाली ढाकाको बिसयमा राम्रो गरेका छौँ । ढाका अन्तरास्ट्रिय क्षेत्रमा समेत अहिले निर्यात हुन थालेको छ । करुवाको बजार प्रबर्दन गर्नका लागि पनि साइजमा कम गर्ने बिसयमा सोँचेका छौँ । यसमा युवाहरुलाइ लक्षित गर्ने तयारि गरेका छाँै । तर युवा स्वरोजगामा बैंकले गर्नु पर्ने जति काम नगरेको र यो खालि प्रचारका लागि मात्र भयको जस्तो लागेको छ । हामिले धेरै असल कामको सुरुवात गरेका छौँ । हाम्रो सिकाइ अब आउने टिमले पुरा गर्नु पर्छ । हामि गैर सरकारि संस्था सङ्गको समन्वयमा काम पनी गरेका छौँ, त्यसले राम्रो प्रभाव पारेको छ । सिद्दार्थ आर्थिक करोडोरले अन्य स्थानिय तहमा पनि राम्रो मेसेज दियको छ । पर्यटन संग नजिकियर काम गर्ने हाम्रो चाहना हो । बिग बुद्दको सबै योजना तयार भयको छ खाली त्यही बनका कारण सुरु हुन सकेको छैन । उजुरी परेपनी सुरु गरौँकी भन्ने लागेको छ । बसपार्क अब हाम्रो पालामा टेण्डर हुन्छ । १ वडा १ किलोमिटर पिच गर्ने योजना अनुसार काम गरेका छौँ । शिक्षामा रि मोडलिङ गर्ने मामलामा हामिलाइ समस्या छ । शिक्षक नियुक्ति पनि जतिबेला चाहियो तेतिबेला गर्दा राजनितिक दबाव आउने र उपलब्धि मुलक नहुने सम्भावना हुन्छ । हामि भोटर प्रति उत्तरदायि छौ । भएका कामलाइ जहाा छ तेहिा बाट सुरु गरौ जसले गरेपनि । पुरानोको चिहान खन्ने कुरा गर्नु भयन, जस्तो अहिले केन्द्र सकारमा छ ।’

शुभकामना संगै तानसेन नगरपालिकालाइ पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, बरिश्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष राजेश कुमार अर्याल लगायतले नगरपालिकालाइ सुझाव दिनुभयको थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रेस सल्लाहाकार गोबिन्द प्रसाद भट्टराइले गर्नुभएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.