नेपाली फुटबल टाेलीलाई प्रधानमन्त्री देउवाको बधाई

असोज २८, २०७८ बिहिबार ,काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टाेलीलाई बधाई दिनुभएकाे छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली टाेलीलाई बधाई दिनुभएको हो । उहाँले आउँदाे खेलका लागि शुभेच्छासहित नेपाली टाेलीलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।

हिजाे भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । उहाँले लेख्नुभएको छ ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.