बझाङमा पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

कात्तिक २, २०७८ मंगलबार ,बझाङ – बझाङकाे थलारा गाँउपालिका ४ डिख्लामा हिजाे साेमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुशल हुनुहुन्छ ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भइ त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराेको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भइ आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा बन्द हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक बन्द भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । उनीहरूले पहिराेमा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको वर्षाले बाटो बन्द भएकाले घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.