पाल्पामा बिहीबार ६ जनामा कोरोना पुष्टि

२०७८ कात्तिक, ०४ पाल्पा
पाल्पामा बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिकाका १ जना, रामपुर नगरपालिकाकामा १ जना र तानसेन नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ३६ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जना संक्रमित भएका छन् ।

योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०० पुगेको छ । सक्रिय संक्रमितमध्ये ७६ जना होम आइसोलेसनमा र २४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.