देशभर ५४५ कोरोना संक्रमित थपिए

२०७८ कार्तिक ०४

काठमाडौ‌ – नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभर विभिन्न अस्पतालबाट ७२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.