पाल्पामा जनगणना २०७८ का सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पा – राष्ट्रिय जनगणना २०७८ सम्बन्धमा पाल्पाका पत्रकारहरुसंग जिल्ला जनगणना कार्यालय पाल्पाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार तानसेनमा जनगणना अधिकृत भबिश्वर घिमिरेले पाल्पाली पत्रकारहरुलाई यसपटकको जनगणना संघिय संरचना अनुसार पहिलो पटक भएकाले केही फरक रहेको बताउनुभयो । उहाँले खाली घर,घरको प्रयोजन,आम्दानी,शैक्षिक अवस्था रोजगारी लगायतका बिषयको तथ्याङ्क संकलन गरिने बताउनुभयो । अधिकृत घिमिरेका अनुसार जनगणनामा नागरिकता वा कुनै परिचय पत्र नहेरिने हुदा बिदेशी नागरिक ६ महिना नेपालको कुनै एक स्थानमा बसेको खण्डमा जनगणनामा समेटिने कुरा मा उहाँले जोाड दिनुभएको थियो । पाल्पामा दोस्रो चरणमा कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना हुनेछ । चन्द्समशेरको पालाबाट सुरु गरिएको जनगणना हालसम्म आइपुग्दा एघारौ पटक सम्पन्न भइसकेको र अहिलेको जनगणना बाहृौ भएको उहाँले बताउनु भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.