थप ५ सय ५७ जनामा काेराेना पुष्टि, ८ सय ७७ जना निकाे

कात्तिक ७, २०७८ आइतबार ,काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर पाँच सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा पाँच सय २२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरी सात हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएको थियो ।योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार ५६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ सय ७७ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८७ हजार पाँच सय सात पुगेको छ ।

यही अवधिमा तीन जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४८ पुगेको छ । अहिले १० हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ७३ जनाको आईसीयू र ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.