देशभर थप ५५७ जनामा कोरोना पुष्टि, ८७७ जना निको, ३ को मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ६१ र एन्टिजेन विधिबाट १ हजार ५६४ एन्टिजेन परीक्षण गरिएकोमा ५५७ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ९ लाख ३ हजार ७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८७ हजार ५०७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.