प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक सर्वोच्चका न्यायाधीशले बहिस्कार गर्ने

२०७८ कार्तिक ७ गते
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रधानन्यायाधीशले सोमबारका लागि बोलाएको ​फुलकोर्ट बैठक अन्य न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् ।

आइतबार प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् । आइतबार मात्रै बार एशोसियनसँगको छलफलमा प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाउन सहमत भएका थिए ।

आइतबार नै सर्वोच्चका अधिकांश न्यायाधीशले अनौपचारिक छलफल गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

प्रधानन्यायाधीशले नै सर्वोच्चको गरिमामा आघात पुग्ने काॠ गरेको भन्दै न्यायाधीशहरुले सोमबारको बैठक बहिष्कार गर्ने भएका हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.