देशभर थप ६६६ जनामा कोरोना पुष्टि, ६२२ जना निको ,११ जना को मृत्यु

२०७८ कार्तिक ९
काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ७७१ र एन्टिजेन विधिबाट २ हजार २४९ एन्टिजेन परीक्षण गरिएकोमा ६६६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ५१३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६२२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.