नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाको पालिका नेतृत्व चयन

निराजन पौडेल
२०७८ कार्तिक १०
पाल्पा – नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाको प्रथम पालिका अधिवेशन नेतृत्व चयन भएको छ । अधिवेशनबाट तानसेन नगरपालिकामा अध्यक्ष गुराँस आत्रेय रामपुर नगरपालिकामा बिष्णु रेग्मी निर्वाचित हुनुभएको छ । त्यस्तै निस्दी गाउँपालिकामा अध्यक्ष नरेश सुनारी, उपाध्यक्ष किरण श्रेष्ठ र सचिव मेख सुनारी । पूर्वखोला गाउँपालिकामा अध्यक्ष जीवन आचार्य, उपाध्यक्ष मान बहादुर सारु, सचिव तिर्थ सारु । माथागढी गाउँपालिकामा अध्यक्ष तेज घर्तीमगर, उपाध्यक्ष शेर बहादुर विक, सचिव शंकर दर्लामी । बगनाशकाली गाउँपालिकामा अध्यक्ष हरि पाठक, उपाध्यक्ष सरस्वती चिदि र सचिव ओमप्रकाश गैरे । तिनाउँ गाउँपालिकामा अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष रोम बहादुर लम्तरी र सचिव यादव । रिब्दीकोट गाउँपालिकामा अध्यक्ष आशिष विश्वकर्मा, उपाध्यक्ष भिम सारु, सचिव दान बहादुर कुवँर । र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष राम प्रसाद ज्ञवाली, उपाध्यक्ष दान बहादुर थामी ,सचिव मान बहादुर थामी सर्वसम्मत निर्वाचित हनुभएको छ । जिल्लाको १० ओटै स्थानिय तहको अधिवेशन एक साथ सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.