पाल्पामा आज ८ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ कार्तिक १०
पाल्पा – पाल्पामा बुधबार पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पुर्वखोला गाउँपालिकाका १ रैनादेवी छहरा गाउँपालिका १ र तानसेन नगरपालिका भित्र ६ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ५५ जनाको कोरोना परीक्षण गरिएकोमा ८ जना संक्रमित भएका छन् ।

यस्तै स्वास्थ्य कार्यालयले बुधबार ५ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १२६ पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.