पाल्पाकी २४ वर्षीया सीताले चार सन्तानलाई जन्म दिइन्, सबैको अवस्था सामान्य

२०७८ कार्तिक १०
पाल्पा – पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले रुपन्देही भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा चार सन्तानलाई जन्म दिइएकि छन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो शल्यक्रिया गरिएको थियो । महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्यक्रिया गरेको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ । अस्पतालकाअनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ । बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले बाहिर इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.