फर्निचरमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षति

कार्तिक २६
रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचर उद्योगमा आगो लाग्दा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेका अनुसार पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्समा आगो लाग्दा उद्योग र सोरुममा रहेको सबै फर्निचर जलेर नष्ट भएको हो । हिजो बेलुका ६ बजेदेखि लागेको आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभएको हो । दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि डोजर लगाएर भवन नै भत्काउनु परेको प्रवक्ता थापाले बताउनु भएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.