कोभिड-१९ को त्रास भित्र तिब्र संक्रमण बढ्दै स्क्रब टाइफस ज्वरो ।

युबराज थापा/अहेव कालीगण्डकी अस्पताल, कोभिड-१९ को दोस्रो लहरले क्षेतबिक्षेत भइ बल्लबल्ल माथि उठेको विश्व साथै नेपालको स्वास्थ्य स्थिती फेरि तेस्रो लहरको त्रासमा छ । भनिन्छ मानव जीवनको सबैभन्दा ठूलो र महत्वपूर्ण सम्पत्ति नै स्वास्थ्य हो । तर त्यही स्वास्थ्यलाई जोगाउन आम जनताहरुलाई फलामको चिउरा चपाउनु भन्दा पनि कठिन भएको छ एकातिरज्वरो आउने रुघा लाग्ने टाउको दुख्ने वित्तिकै समुदाय स्तरका मानिसहरु covid-19 भयोकी भनेर अस्पताल जादाAntigen Test गरिदिन्छन रPositive आयो भने के गर्ने कहा बस्ने के खाने के नखाने जस्ता थुप्रै कुराहरु मनमा सँगाल्दै त्रासले घरमै बस्ने र निकै ढिलो गरी स्वास्थ्य संस्था तथा अस्पताल पुग्ने चलन हाम्रो छरछिमेक र समुदायमा पर्याप्त छ । तर पछिल्लो समय कोरोनातथा टाइफाइड जस्तै उच्च ज्वरो सहितका मिल्दोजुल्दो लक्षणहरु देखिने स्क्रब टाइफस नामको रोगको संक्रमण तीव्ररुपमा बढिरहेको छ जनस्वास्थ्यको मापदण्ड अनुसार कुनैपनि स्वास्थ्यसमस्या वा रोगहरु ४०प्रतिशत वा सोभन्दा बढी भयो भने जनस्वास्थ्य समस्याको रुपमा लिइने गरिन्छ, पछिल्लो समयमा उच्च ज्वरो रुघाखोकि, शरीर दुख्ने, टाउको दुख्ने तथा खान नरुच्ने जस्ता लक्षण बताउँदै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरूको Antigen test गर्दा 3 देखि 5 प्रतिशत positiveआउने गरेको छ, भने स्क्रबटाइफसको परीक्षण गर्दा झण्डै ७५प्रतिशत positive आउने गरेको पाइन्छ । पछिल्लो तथ्यांक अनुसार यतिबेला स्क्रबटाइफसको जोरो जनस्वास्थ्य समस्याको रुपमा तीव्ररुपमा समुदायमा फैलिरहेको छ । स्क्रब टाइफसrickettsia प्रजातिको Orientia tsutsugamushiनामक gram negative bacteria को कारणले गर्दा लाग्दछ । यो रोग Asia, अस्ट्रेलिया आयरल्यान्ड, भारत, जापान, पाकिस्तान साथै नेपालको जुनसुकै भौगोलिक क्षेत्रमा पाइन्छ। नेपालको तथ्याङ्कअनुसार भूकम्प पछि सन् २०१७मा सबैभन्दा उच्च प्रतिशत ६७.१प्रतिशत संक्रमण देखिएको थियो यदि यसको समयमै उपचार नभएको खण्डमा यसको मृत्युदर ५७ प्रतिशत छ, यो रोग खासगरी पश्चिम नेपालमा बढि देखिने गरेको नेपालको तथ्यांक छ । स्क्रब टाइफसका विशेषगरी संक्रमित मुसाहरु बाट miteअर्थात् उपिया, tickप्रजातिका किराहरूको टोकाइबाट मानिसमा सर्दछ यो रोग प्रत्यक्षरुपमा रोगी मानिसबाट अर्को स्वस्थ मानिसमा सर्दैन । संक्रमित मुसा तथा पशु पंक्षिहरुलाई टोकेको उपया tickतथा किराहरुले स्वस्थ मानिसलाई टोकदा उनीहरूको सुंण मार्फत बग्ने र्याल मध्यमबाट मानिसको शरीरमा प्रवेश गर्दछ यसको कीटाणु Orientia tsutsugamushiशरीरमा प्रवेश गरेको १ देखि २१ दिन र औषतमा १०देखि १२ दिनमा यसले रोगका चिन्ह तथा लक्षणहरु देखाउँदछ जसलाई हामीले Incubation periodभनेर भनिन्छ।
यहाँ समुदायमा यो रोग बारे उठ्ने केहि प्रश्न र सचेतनाका लागि संक्षिप्त रुपमा छलफल गरिएको छ
• स्क्रब टाइफसरोग के हो?
Rickettsiaप्रजातिको OrganismOrientia tsutsugamushiनामक gram negative bacteria को कारणले लाग्ने रोग हो .
• कसलाई लाग्छ स्क्रब टाइफस ज्वरो ?
यो खासगरी ग्रामीण समुदायका मानिसहरुमा जो मुसा गाईबस्तु बाख्रा जस्ता घरेलु पशुपालनमा प्रत्यक्ष सम्पर्कमा कामकाज गर्ने मानिसहरु साथै सहरी क्षेत्रमा पनि मुसाको प्रकोप बढी भएको स्थानका मानिसहरूलाई उच्च रुपमा देखिने गर्दछ .
• स्क्रब टाइफस ज्वरो कसरी सर्दछ?
स्क्रब टाइफसका ज्वरो व्यक्तिबाट व्यक्तिमा प्रत्यक्ष सम्पर्क बाट सर्दैन यो Organism Orientia tsutsugamushiब्याक्टेरियाद्वारा संक्रमित मुसाहरुलइटोकेको उपियाँ वा किर्ना, घुनकोटोकाइबाट मानिसमा सर्दछ।
• स्क्रब टाइफस ज्वरोको लक्षण तथा चिन्हहरु के के हुन ?
उपियाँ वा किरनाले टोकेको भागको छालामा ulcer,कालो रातो हुनु शरिरमा बिबिरा चालाहरु देखिने हुन्छ । ulcer हरु को उपस्थिती सँगै धेरै दिनपछि अन्य लक्षणहरु विकास हुन्छन् जस्तै उच्च ज्वरो १०२डिग्री फरेनहाइट भन्दा माथी, टाउको दुख्ने, चिसो पसिना आउने, आँखा रातो हुने, शरीरकोlymphnode हरु सुन्निने दुख्ने, बान्ता हुने कसैकसैलाई पखाला लाग्ने, शरीर दुख्ने शरीर असाध्यै कमजोर हुने साथैखान मन नलाग्ने जस्ता लक्षणहरू देखापर्दछन् ।
•स्क्रब टाइफस ज्वरोकोजटिलता र जोखिमताहरु ।
स्क्रब टाइफसको समयमा नै उपचार नभएको खण्डमा माथि उल्लेखित लक्षणहरु बिग्रदै गएर यसले मानव शरीरको बहु प्रणाली जस्तै शीघ्र मृगौला फेल, मुटुको मांसपेशीको संक्रमण,Respiratory system fail,कलेजोको संक्रमण र मष्तिष्कको संक्रमण भई मानिसको मृत्युसम्म हुन सक्दछ। यस वर्ष गोरखामा स्क्रब टाइफसको कारणा एक जनाको मृत्यु भयो ।

•स्क्रब टाइफस ज्वरोको निदानतथा उपचार कसरी गरिन्छ?
यसको निदान प्रयोगशालामा रगत परीक्षणबाट हुन्छ यसको प्रमुख निधान पद्धति भनेको RDT Kit बाट नै परीक्षण गरिन्छ । यसको उपचारका लागि Choice of Drugको रुपमा एन्टिबाइटिक doxycycline र Chloramphenicol द्वारा उपचार गरिन्छ । भने गर्भवती र बालबालिकाहरुका लागि Azithromycin द्वारा उपचार गरिन्छ।
यसको साथै ध्यान दिनपर्ने कुराहरु हाम्रो समुदायमा रोग लाग्नेबित्तिकै खानेकुरा के खाने भन्दा पनि के नखाने वा बार्नुपर्छ भनेर धेरै चासो राख्ने चलन बढी छ,स्क्रब टाइफसका ज्वरो उपचारका लागि प्रयोग गरिने doxycyclineनमकऔषधि सँगै दुध खानु हुदैन दुधले doxycycline एन्टिबाइटिकको zf]षणामा अवरोध गदर्छ । यो बाहेक स्क्रब टाइफस ज्वरो संक्रमण भएको अवस्थामा साविक भन्दा थप प्रसस्त तरल तथा पोसललो खाना खानु पर्दछ ।
•स्क्रब टाइफस ज्वरोबाट कसरी बच्न सकिन्छ?
यस रोगको रोकथामका लागि हालसम्म कुनैपनि भ्याक्सिन बनेको छैन । यसबाट बच्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको घरवरपर मुसाको बासस्थान हटाउनु पर्दछ, साथै मुसाको नियन्त्रण गर्नु पर्दछ र पशुचौपाय सँग प्रत्यक्ष सम्पर्कमा रहेर स्याहारसुसार गर्ने व्यक्तिले आफ्नो शरीर पूर्णरुपमा छोपिने खालका लुगा तथा कपडाहरु लगाउनुको साथै वरपरको उपिया तथा किटजन्या किराहरूको नियन्त्रण गर्न सरसफाइमा विशेष ध्यान दिनु पर्दछ ।
पछिल्लो समय हाम्रो समुदायमा ज्वरो रुघाखोकी आउनेबित्तिकै त्रसित जनताहरु पहिलो कुरा राम्रोसँग जाँच गराउनै डराएका हुन्छन् भने ढिला गरी जाँच गरिहाले पनि पर्याप्त प्रयोगशाला परीक्षण नगरी प्रतिजैविक (एन्टिबाइटिक)औषधिहरूको जथाभावी प्रयोग बढेको छ जसले गर्दा मानिसहरूको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको छ त्यस्तै अनावश्यक आर्थिक भार बढेको छ भने उपयुक्त प्रयोगशाला परीक्षण बिना अनावश्यकरूपमा प्रतिजैविकऔषधिहरूको प्रयोगले एन्टिबाइवटिक रेजिस्टेगन्टहुने खतरा पनि उत्तिकै छ कतिपय अवस्थामा त एउटै बिरामीलाई टाइफाइड ज्वरो र स्क्रब टाइफसका ज्वरोदुइटै रोगसँगै भएको भेटिएको छ भने कतिपय अवस्थामा स्क्रब टाइफस ज्वरो र covid-19 पनि साथसाथै संक्रमण भएको हामीले भेटेका छौ। त्यसैले यस्तो प्रवृत्तिलाई मध्यनजर गर्दै आम जनताहरु आफ्नो स्वास्थ्य प्रती सचेत हुनुपर्ने र समुदायस्तरमा स्वास्थ्य सेवामा सेवारत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि यसबारेमा उपयुक्त रूपमा अध्यावधि भई जनताको स्वास्थ्य सेवा र परामर्श सेवा तर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ।

युबराज थापा
अहेव कालीगण्डकी अस्पताल

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.