माथागडिमा एकैदिन गराए १७२५ ले मुटु परीक्षण, १०० भन्दा बढीमा देखियो मुटु सम्वन्धि समस्या

कार्तिक २६
पाल्पा – सेभ द हार्टको आयोजना साथै मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रि.वि. शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा पाल्पाको माथागडी गाउँपालिकामा दुई दिने निशुल्क मुटु परीक्षण शिविर सुरु भएको छ ।

उक्त शिविर सोही गाउँपालिका स्थित किसान माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ। मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले पहिलो दिन शुक्रबार १ हजार ७ सय २५ जनाको मुटु परीक्षण गरेको छ ।

शिविरमा शुक्रबार एक सय ७० जनाको ईको र एक सय ९५ जनाले इसिजी गराएका थिए । माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले परीक्षण गराएकामध्ये करिब १ सय भन्दा बढीमा मुटुसम्बन्धी समस्या देखिएको बताउनुभयो । मुटु रोगको जटिल समस्या भएका ३० जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न संघसंस्थाहरुको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष थापाले स्पष्ट पार्नुभएको थियो । यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले बताउनुभयो ।

गाउँ–गाउँमा पुगेर मुटु रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघ संस्था र स्थानीय सरकारहरुको समन्वयमा शिविरहरु सञ्चालन गरिदै आएको सेभ द हार्टका प्रमुख तथा सह–प्रा.डा.अनिल भट्टराईले बताउनु बताउनुभयो । । शनिबारसम्म सञ्चालन हुने शिविरमा ३ हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.