खुल्यो रोजगारी रेडियो नेपालमा !

कार्तिक २७
काठमाडौं – रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ । ईञ्जिनियर ३ जना माग भएको छ । सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ । १० जना प्राविधिक सहायक माग भएको हो । वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ । अन्य १९ जना भने विभिन्न पदका लागि छन् । शुक्रबारदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन् । रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.