खोप ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कार्तिक २७
काठमाडौं – दीर्घरोगीका लागि दिन लागेको कोरोना भाइरस विरुद्धको फाइजर खोप ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । फाइजर खोप नेपालसहित एक सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

फाइजर खोपको अभियान भोलिदेखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुँदैछ । खोपको दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ ।

यो खोप दीर्घरोगीलाई लगाइसकेपछि बालबालिका लगाइनेछ । नेपाललाई अमेरिकाले एक लाख ६ सय २० मात्रा फाइजर खोप उपलब्ध गराएको छ ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिएको जानकारी दिए ।

पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.