आन्दोलन छाडेर संवादमा आउन कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश जबराको आह्वान (विज्ञप्तिसहित)

कात्तिक २९, २०७८ सोमबार काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गर्नु भएको छ । आज विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गर्नु भएको हो । न्यायपालिकामा उत्पन्न गतिरोधबारे चिन्ता व्यक्त गर्दै उहाँले छलफलमा आउन आह्वान गर्नु भएको हो ।

उहाँले विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएशन र न्यायपालिकाबीच हातेमालो हुने गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

विज्ञप्तिमा उहाँले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको उल्लेख गर्नुभएको छ । उहाँले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनलाई संवादका लागि आह्वान गर्नुभएको छ । उहाँले सर्वोच्च अदालतमा परिसरमा भएको वकिलहरुको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति पनि दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्ता गतिविधि दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

विज्ञप्ति :

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.