चिसोमा रात काट्न बाध्य श्रदालुहरुलाइ तानसेनका मेयरको सिरक

नारायण न्यौपाने/पाल्पा, कार्तिक २९/ कालिगण्डकी नदी तट नजिकको धार्मिक तिर्थस्थल, चारधाम मध्यको एक रुरुक्षेत्र रिडि । नदी स्नान गर्न र ऋषिकेश मन्दिरको दर्शनका लागि दिनहुँ आउने श्रदालुहरुलाइ मन्दिरले सकि नसकी थेगिरहेको छ । केही दिन वा बृदाश्रममा नियमित बस्नेहरुको स्याहारमा मन्दिर ब्याबस्थापन समितीलाइ समस्या भयो ।

बाहिरबाट आउने श्रदालुहरुको उपस्थिी र अतिथीगृहमा उपलब्ध स्रोत साधनले नथेगेपछी श्रदालुहरु चिसोमा रात काट्न बाध्य भय । मन्दिर ब्याबस्थापन समितीको अनुरोधमा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले १५ सेट सिरक अतिथि गृहका लागि प्रदान गर्नुभएको छ । हरिबोधनी एकादशिको अवसर पारेर सामग्री बितरण गरिएको हो । हिन्दुहरुको आस्थाको केन्द्र रिडिलाइ माथि उठाउनका लागि तानसेन नगरपालिकाले योजनाका साथ काम गर्ने शाहिले बताउनुभयो । ‘हामिले अहिले हाम्रो गाडिमा अटे जति सामग्री ल्याएका छौँ, यो पहिलो खेप हो’, मेयर शाहिले भन्नुभयो, ‘आबस्यक अन्य सामग्री हामिले पठाउने छौँ ।’

बितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती गुल्मीकी उपप्रमुख तुल्सी श्रेश्ठले धार्मिक क्षेत्रको रक्षा गर्नु सबैको कर्तब्य भएको बताउनुभयो । तानसेन १४ का वडा अध्यक्ष कमल रानाले धार्मक पाहुनाको सहजताका लागि आफुँहरु सधै तयार रहेको बताउनुभयो । मन्दिरमा अहिले तानसेन नगरपालिकाको सहयोगमा १० वटा सिसिटिभी क्यामेरा जडान गर्ने काम भैरहेको बताउदै ऋषिकेश मन्दिर ब्याबस्थापन समितीका अध्यक्ष पर्सुराम भट्टराइले नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय, पाल्पा ब्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेल लगायतको उपस्थिती थियो ।कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रेस सल्लाहाकार गोबिन्द प्रसाद भट्टराइले गर्नुभएको थियो ।

हेर्नुहोस् बितरण कार्यक्रमको भि डियो सामाग्री

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.