पाल्पामा सुरु भयो चिच्चाएर वर मागिने मेला

मंसिर १
पाल्पा – तिनाउँ गाउँपालिका वडा ४ सत्यवती तालक्षेत्रमा वर्षेनि लाग्दै आएको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । मेला मंसिर १ गतेदेखि ३ गतेसम्म हुने आयोजक समितिले जनाएको छ । हरेक वर्ष कार्तिक पूर्णिमाका दिनदेखि मनाइने मेलामा सत्यवती बज्यैसँग चिच्याएर वर माग्ने गरिन्छ । चिच्याएर वर मागेमा मनोकामना पुरा हुने जनविश्वासका कारण मेला अवधिभर बज्यैसँग वर माग्ने गरिन्छ । सत्यवती बज्यै देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन परम्परादेखि नै रहेको छ । मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि समेत आउने गर्दछन् । मेलामा पाल्पा, गुल्मी, अर्घाखाची, कपिलबस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत, बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट समेत भक्तजन आउने गर्दछन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.