करण जोहरले याक्सन फिल्म योद्धा बनाउने

मंसिर २
करण जोहरको धर्मा प्रोडक्सनले याक्सन फिल्म योद्धा बनाउने घोषणा गरेको छ । बिहीवार फिल्मका मुख्य कलाकार र कथाको झलक सहितको टीजर सार्वजनिक गरिएको छ । सिद्धार्थ मल्होत्रा फिल्मका नायक छन् । निर्देशन सागर आम्ब्रे र पुष्कर ओझाले गर्नेछन् ।

योद्धाको फर्स्ट लूक मोसन पिक्चरमा एउटा विमान आगो लागेको अनि तलतिर खस्दै गरेको देखिन्छ । विमानभित्र अँध्यारोमा सिद्धार्थ हतियार बोकेको मर्सिनरीको शैलीमा देखिएका छन् । भोइसओभर मे डे मे डे हाइज्याक सुनिन्छ ।
विमान अपहरणका विषयमा फिल्म बनेको हो ।

योद्धालाई सन् २०२२ को नोभेम्बर ११ मा रिलीज गरिनेछ । छिट्टै फिमेल लीडको घोषणा गर्ने करण जोहरले जानकारी दिए । राशि खन्ना र दिशा पाटनीलाई प्रमुख भूमिका दिइने हल्ला छ । धर्मा प्रोडक्सनले बनाएको सिद्धार्थ मल्होत्राको अघिल्लो फिल्म शेरशाह सफल थियो । -एजेन्सी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.