सामाजिक सन्जालमार्फत् ना-बालिकाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

मंसिर ३
काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत् नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई ब्युरोले बिहीबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। खड्गीले फेसबुक र इन्स्टाग्रामबाट नाबालिका र युवतीहरूलाई साथी बनाएर डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडिओ पठाउन लगाएको आरोप छ। त्यसरी दु:ख दिई सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरेको एसएसपी अर्यालले बताए। उनीमाथि प्रहरीले थप अनुसान्धान गर्न अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.