नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेकाे सङ्ख्या ९० लाख नाघ्याे

मंसिर ३
काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या ९० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ९० लाख ८१ हजार ६ सय ५४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएकामा उनीहरूमध्ये ७८ लाख एक हजार पाँच सय ६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.